अन्तर्राष्ट्रियस्तरको कस्मेटिक आउटलेट संचालनमा, १० प्रतिशत छुट

काठमाडौं । रिट स्किन बुटिक प्रा.लि.को आधिकारिक स्टोर संचालनमा आएको छ । स्टोरको आज (आइतबार) कलाकार दिपाश्री निरौला र स्टोरका संचालक रीता कट्टेलकी माता गायत्री कट्टेलले उद्घाटन गरेका हुन् ।

नेपालमा अन्तर्राष्ट्रियस्तरको कस्मेटिक आउटलेट संचालनमा आएको हो । बानेश्वरको आइप्लेक्स मलको दोस्रो तलामा संचालनमा आएको आउटलेटमा अन्तर्राष्ट्रियस्तरका प्रख्यात स्किन केयरका ब्राण्ड सेटाकिल, मिडिक्स, अडिनरी तथा मेकअप ब्राण्डमा मिलानी, मेविलिन, मिसटिन, मेकअप टुल्ससहित चर्चित कस्मेटिक ब्राण्डहरु उपलब्ध रहेको कम्पनीका संचालक रीता कट्टेलले जानकारी दिइन्।

नेपालकै ठुलो रिटेल चेन साथीमार्टसँगको सहकार्यमा खुलेको स्टोरले निकट भविष्यमा आफ्नै ब्राण्डमा सामान उत्पादन गर्ने, फ्रेन्चाइज प्रदान गर्ने तथा साथीमार्टका विभिन्न आउटलेटबाट २० भन्दा बढी प्रमुख शहरमार्फत बिक्री वितरण गर्ने लक्ष्य लिएको उनले जानकारी दिइन् ।

footwear zone

साथीमार्टसँगको सहकार्यमा निकट भविष्यमा नेपालका प्रमुख सहरहरुमा आउटलेट तथा सेवाहरु प्रदान गरिने साथीमार्टका सिइओ सागर पोखरेलले बताए । उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य अरुण सुमार्गीले स्टोरको सुरुवातसँगै नेपालमा कष्मेटिक मार्केटमा थप नयाँपनको सुरुवात भएको बताए ।

आउटलेटमा ७ दिनसम्म फ्ल्याटमा १० प्रतिशत छुट दिइने कम्पनीका संचालनक कट्टेलले बताइन् । उद्घाटन कार्यक्रममा मकालु टेलिभिजनका सिइओ दिवस सुवेदी, डाइरेक्टर अन्जना कट्टेल सुवेदी, कोरियोग्राफर जयन सुब्बा मानन्धर, श्वयत्ना योञ्जनलगायतको सहभागिता रहेको थियो ।

You might also like

Comments are closed.