मुक्तिनाथ विकास बैंकले ल्यायो ‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ योजना

१ करोड १ लाखसम्मको बीमा सुविधा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ। बैंकले बचत खातामा १ करोड १ लाखसम्मको बीमा सुबिधा दिने ‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ योजना सञ्चालनमा ल्याएको हो ।

मुक्तिनाथ आशिर्वाद बचत खाता गोल्ड क्याटेगोरीमा न्यूनतम ५० हजार, मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफ्ना लागि २१ लाख र परिवारको २ जना सदस्यहरुका लागि ३० लाख गरी कुल ५१ लाखसम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन्।

यसैगरी, मुक्तिनाथ आशिर्वाद बचत खाता प्लाटिनम क्याटेगोरीमा न्यूनतम १ लाख मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफ्ना लागि २१ लाख र परिवारको ४ जना सदस्यहरुका लागि ८० लाख गरी कुल १ करोड १ लाखसम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ सेवाहरुमा छुट प्राप्त गर्न सक्नेछन्।

footwear zone

बीमा सुविधाअन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुनेछ। यस योजनाको बीमा सुविधाको अवधि खातावाला र परिवारको सदस्यहरुका लागि ३ बर्षसम्म हुने छ साथै थप जानकारीका लागि बैंकको १७६ वटै शाखा कार्यालयमा सम्पर्क गर्नसकिने बैंकले जनाएको छ ।

नेपालभरि रहेका बैंकका एटीएम मेसिनबाट एटीएम कार्ड प्रयोग गरी निःशुल्क रकम झिक्न सकिने व्यवस्था समेत गरेको बैंकले जनाएको छ ।

You might also like

Comments are closed.