पोखरा । बेंसीशहर नगरपालिका ८ का रक्त क्यान्सर पीडित २९ वर्षीय विकास घिमिरेलाई नेपाली कांग्रेस वडा इकाई ६ बैदामले आर्थिक सहयोग गरेका छ ।
संविधान दिवसको अवसरमा इकाई ६ले सहयोग गरेको हो । पोखरा महानगर पालिका वडा ६ बैदामका नेपाली कांग्रेसका कार्यकताहरुले आर्थिक संकलन गरि घिमिरेको उपचारमा सघाउ पुर्याउन ३२ हजार ५५ रुपियाँ सहयोग गरेका छन् । सोमबार एक कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेस वडा इकाई सभापति सन्तोष पौडेलले विकास घिमिरेकी दिदी पोखरा ६ बैदाम मुलथोक निवासी अनिता घिमिरे बराललाई संकलित रकम हस्तान्तरण गरिएको हो ।
सभापति पौडेलले सहयोग “रकम सानो भएपनि होस्टेमा हैसे गरेको बताउँदै आगामि दिनहरुमा पनि सहयोगलाई निरन्तरता दिने” आश्वासन दिए ।
आर्थिक संकलन संयोजक राम बहादुर लामिछानेको संयोजकत्वमा भएको कार्यक्रममा दिदी अनिताले आफ्नो भाईको उपचारमा सहयोग गरेको भन्दै धन्यवाद ब्यक्त गरिन् । उपचारमा धेरे रकम खर्च हुने भएकाले सबैसंग सहयोगको अपिल गरेकी थिइन् । भाईको ज्यान बचाईदिन अनुरोध गर्दै सवैले सहयोगी हात बढाउन आग्रह गरेकी छन ।

विकासको १८ महिना अघि बोनम्यारो प्रत्यारोपण गरिएकोमा अहिले पुनः स्वास्थ्यमा समस्या आएको हो । उपचारमा यसअघि १ करोड रुपियाँ भन्दा बढी खर्च भइसकेको र अहिले पुनः उपचारमा त्यतिकै रकम खर्च लाग्ने बताएपछि अपिल गरेको जानकारी गराइन् ।
घिमिरेलाई २०७७ साल साउनको पहिलो साताबाट स्वास्थ्यमा समस्या आएको थियो । चैत ९ गते बोनम्यारो प्रत्यारोपण गरिएको थियो । अहिले पुनः समस्या आएपछि दिल्लीमा उपचार भईरहेको छ । कार्यक्रममा विश्वेश्वर टोल विकासका अध्यक्ष रविन्द्र कुँवर र इकाई सचिब प्रकास न्यौपाने, नेपालि काग्रेस वडा इकाई समितिका सदस्य प्रदिप छिन्दाल र नेपाल दतिल संघ बैदाम ६का अध्यक्ष सन्दिप दियाली लगाएतका बक्ताहरुले क्यान्सर पिडितलाई सहयोग गर्ने पाएकोमा खुशि बक्त गर्दै आफ्ना भनाई राखेका थिए ।




Comments are closed.