हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन अफ नेपालको भेला सम्पन्न

काठमाडौं । हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन अफ नेपालद्वारा आयोजित भेला, वनभोज तथा दसैंको शुभकामना आदान प्रदान कार्यक्रम  सम्पन्न भएको छ ।

काठमाडौंको बुढानीलकण्ठस्थित तपेस रिसोर्टमा आयोजना गरिएको कार्यक्रममा देशभरिका होटेलमा कार्यरत सेल्स एण्ड मार्केटिङ विभाग प्रतिनिधिहरूको उपस्थिति थियो ।

संविधान दिवसको उपलक्ष्यमा सोमबार आयोजना गरिएकोभेलाबाट हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन अफ नेपालको जन्म समेत भएको छ । हरेक वर्ष यस दिनलाई भव्य रूपमा मनाउने बताइएको छ ।

footwear zone

साथै प्रत्येक ६ महिनामा सेल्स एण्ड मार्केटिङ प्रतिनिधिको विशेष छलफल कार्यक्रम हुने समेत बताइएको छ । १४५ जनाभन्दा धेरै सदस्य रहेको यो समूहबाट कार्यक्रममा १०० जना भन्दा धेरै प्रतिनिधि उपस्थित थिए ।

बिहान १०ः३० बजे सुरु भएको कार्यक्रम अपराह्न ४ बजे सकिएको हो । कार्यक्रममा दिग्गज सदस्यहरूले आफ्नो अनुभव मात्र बाँडेनन्, आफ्नो भोगाइको आधारमा कथा सुनाउँदै नयाँ आएका सदस्यलाई प्रोत्साहन समेत गरेका छन् ।

कार्यक्रममा सेल्स एण्ड मार्केटिङ विभागमा रही ४० वर्षभन्दा धेरै समय सेवा दिएका राजकुमार के।सीलाई विशेष सम्मान गरिएको छ । त्यसैगरि ३० वर्षभन्दा धेरै समय सेवा दिएका प्रदीप पौडेल, प्रमोद डम्जन, कृष्ण बहादुर गुरुङ र गुप्ता बहादुर सिंह गिरिलाई पनि विशेष सम्मान प्रदान गरिएको छ ।

सोही कार्यक्रममा होटेल एसोसिएसन अफ नेपाल ९हान०का सिइओ टेक बहादुर महतले उपस्थित सेल्स एण्ड मार्केटिङ प्रतिनिधिलाई शुभकामना दिँदै कमिटी बनाउन सल्लाह दिएका छन् ।

तपेस रिसोर्टको स्वादिलो खानपानसँगै कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक खेलहरू समेत खेलाइएको छ । जसमा विजयी हुनेले विभिन्न किसिमका आकर्षक पुरस्कार समेत प्राप्त गरेका छन् । तिनै खेलबाट उठेको रकमलाई होटेलमा कार्यरत कर्मचारीको हकहितका लागि खर्च गर्न एक कोष स्थापना गरिने आयोजकले बताएका छन् ।

कार्यक्रम नेपालभरिका होटेलमा कार्यरत सेल्स एण्ड मार्केटिङ विभाग प्रतिनिधिलाई एक गर्ने उद्देश्यले आयोजना गरिएको हो । यो नेपालका होटेलको सेल्स एण्ड मार्केटिङ विभाग समूहले आयोजना गरेको पहिलो कार्यक्रम हो ।

You might also like

Comments are closed.