पर्यटन व्यवस्थापन समिति घान्द्रुकको अध्यक्षमा विक्रम गुरुङ

गण्डकी । घान्दु्रुकको पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङलाई चयन गरिएको छ । पर्यटन व्यवस्थापन समिति घान्द्रुकको प्रथम अधिवेशनले उनको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा थमबहादुर विश्वकर्मा, सचिवमा माया पुन थापा, सहसचिवमा अर्जुन क्षेत्री र कोषाध्यक्षमा कृष्णप्रसाद गुरुङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः रामकुमारी दर्जी, मनोज गुुरुङ, रोविन गुरुङ, जयप्रसाद गुरुङ, धनबहादुर क्षेत्री, कृष्णबहादुर गुरुङ, ईश्वर गुरुङ, विनोद सुनार, कोमलबहादुर गुरुङ र अक्षा रसाइली रहेका छन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष एवं पर्यटन व्यवसायी किसम गुरुङले १५ वर्षसम्म घान्द्रुकको पर्यटन प्रवद्र्धनमा निरन्तर लागेको उल्लेख गरे । कास्कीको उत्तरी भेगस्थित पर्यटकीय घान्द्रुक गाउँ हुुँदै अन्नपूर्ण आधार शिविर, पुनहिल, घोडेपानी, टाडापानीलगायत स्थानमा साहसिक पदयात्रा गर्न सकिने भएका कारण पनि यो स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको स्थानीय युवा व्यवसायी अमृत लामा गुरुङले बताए ।

footwear zone

घान्द्रुक ढुङ्गैढुङ्गाले छाइएका घर तथा छापिएका टोल बस्तीका कारण यसले ढुङ्गेली गाउँका रूपमा पहिचान बनाएको छ ।

कास्कीमा दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता

कास्कीमा आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कुल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाताले भाग लिने भएका छन् । यसअघिको स्थानीय निर्वाचनमा जिल्लामा दुई लाख ८१ हजार आठ सय ३३ मतदाता थिए । जिल्लामा यस बीचमा करिब १० हजार मतादाता थपिएका छन् ।

कुल मतदातामध्ये पुरुषको सङ्ख्या एक लाख ३९ हजार ४२ र महिलाको सङ्ख्या एक लाख ५२ हजार पाँच सय २२ रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार जिल्लामा कुल तीन सय ४४ मतदान केन्द्र छन् ।

You might also like

Comments are closed.