काठमाडौं । सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ ।
उक्त मेसिनबाट ग्राहकहरु आफैले नै खातामा रकम जम्मा गर्न सक्नेछन् । यस सुबिधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले विश्वास लिएको छ ।
हाल उक्त मेसिनबाट ग्राहकहरुले ५ सय र १ हजार दरका १ लाखभन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्नेछन् । यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन् ।

हाल यो सुबिधा बैंकको केन्द्रिय कार्यालय, नक्सालबाट प्राप्त हुनेछ । सानिमा बैंकको देशभर १२७ कार्यालयहरु र १२० वटा एटिएम संजालहरु संचालनमा रहेका छन् ।




Comments are closed.