समृद्धि फाइनान्सको जनकपुर शाखा कार्यालय उद्घाटन

काठमाडौं ।  नेपाल राष्ट्र बैंकबाट ग वर्गको राष्ट्रियस्तरको इजाजतपत्र प्राप्त गरि छिटो, सरल र सहज तरिकाले विभिन्न बैंकिङ सेवासुविधाहरु प्रदान गर्दै आईरहेको समृद्धि फाइनान्सले आफ्नो आठौँ शाखा जनकपुर शाखा कार्यालयको उद्घाटन आज एक औपचारीक कार्यक्रम गरी गरेको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका भौतिक पूर्वाधार बिकाश मन्त्रि माननीय राम सरोज यादवले असोज ५ गते बुधबार जनकपुर शाखा कार्यालयको औपचारीक उद्घाटन गरेको छ ।

उक्त कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, उप मेयर किशोरी साह, जनकपुर उ.वा. संघका अध्यक्ष जितेन्द्र कुमार महासेठ, नेपाल राष्ट्र बैंकका संचालक नीरा ताल्चाभडेल सहित लब्धप्रतिष्ठीत व्यक्तित्वको उपस्थिति रहेको थियो ।साथै उक्त कार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तिय कारोबार सम्बन्धि जानकारी गराएका थिए ।

footwear zone

आजबाट समृद्धि फाईनान्सको ८ वटै शाखा कार्यालयहरुबाट औपचारीक रुपमा कारोबार संचालन भएको जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत सुरज कुमार सर्राफले बताए ।समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ६६ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ ।यसका साथसाथै फाइनान्सले ८ वर्ष ८ महिनामा पैसा तेब्बर, १२ वर्ष ८ महिनामा पैसा पाँच गुणा र १६ वर्ष ५ महिनामा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।

You might also like

Comments are closed.