काठमाडौं। काठमाडौं महानगरपालिकाले ४१ वटा ठूला करदातालाई १० दिनभित्र राजस्व तिर्न निर्देशन दिएको छ । महानगरपालिकाद्वारा बुधबार पत्र लेख्दै रेडक्रस र स्काउनदेखि पेप्सी उत्पादक बरुण वेभरेज तथा रञ्जना ट्रेड सेन्टर, वर्ल्ड ट्रेड सेन्टर र सिटिसि मलसम्मलाई एकसाथ सम्पत्ति र घरबहाल कर तिर्न पत्र काटिएको हो
महानगरपालिकाले बुधबार पत्र लेख्दै विभिन्न संस्थाला, कम्पनी ,सरकारी निकाय र व्यक्तिहरूलाई घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर तिर्न निर्देशन दिदै १० दिनभित्र करदाताले वडा कार्यालयमा पुगेर आफ्नो सम्पत्ति र घरबहाल कर नतिरेमा सरकारी बाँकी सरह असुल उपर गरिने सूचनामा उल्लेख छ ।
त्यस्तै, भिजी अटोमोबाइल्स, आर्दशनगर बिजनेस प्रालि, रञ्जना ट्रेड सेन्टर, नेपाल स्काउट, नेपाल सेन्टर फर डेभलपमेन्ट एन्ड पोलिसी स्टडिज प्रालि, नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन, स्टार होल्डिङ्स, पुण्य मेन्सन प्रालि, रिद्धिसिद्धि डेभलपर्स र वरुण वेभरेज प्रालिलाई,जय नेपाल हल, हात्तीसार, इम्पेरियल अपार्टमेन्ट, सगरमाथा इन्सोरेन्स, ग्लोबल ट्रेडिङ कन्सर्न, पूजा इन्टरप्राइजेज, ल्यान्डमार्क होटल, ओ सान इन्टरनेसनल कलेज, वर्ल्ड ट्रेड सेन्टर, सिटिसि मल र एनआरटी क्लबलाई सम्पत्ति कर बुझाउन पत्र काटिएको महानगरपालिकाका राजस्व विभाग प्रमुख डा.शिवराज अधिकारीले जानकारी दिए ।

त्यसैगरी, रवीन्द्रबहादर मल्ल, सुभाषकुमार घिमिरेरसानुभाइ बखुन्छे, मसिना अमात्य, रविना श्रेष्ठ, शिशु अर्याल, यागनाथ पौडेल, प्रदीपरत्न ताम्राकाररविजयरत्न ताम्राकार, वसुन्धरा तुलाधर, पुरुषोत्तम संघइ र किरण संघ, बुद्धबारी कम्प्लेक्स, सिग्नेचर अपार्टमेन्ट, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल रेडक्रस सोसाइटी, ब्लु बर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, आदर कम्प्लेक्स, ब्याट्री कारखाना, सिद्धार्थ वनस्थली स्कुल र एड्भान्स अटोमोबाइललाई पनि कर तिर्नका लागि महानगरपालिकाले आह्वान गरेको छ ।




Comments are closed.