‘नाडा इभि एक्स्पो’को तयारी पूरा

काठमाडौं । ‘नाडा इभि एक्स्पो’को तयारी पूरा भएको छ । नेपालमा नै पहिलोपटक इलेक्ट्रिक गाडी तथा टु–ह्विलर बिक्री, प्रदर्शनी एवं प्रवर्द्धन गर्ने उद्देश्यसहित बिहीबारदेखि भृकुटी मण्डप, प्रदर्शनी हलमा एक्स्पो हुँदैछ ।

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित एक्स्पो असोज ९ गतेसम्म चल्नेछ । एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष ध्रुवबहादुर थापाले जानकारी दिए ।

एक्स्पो चलिरहेको समयमा असोज ७ गतेदेखि ९ गतेसम्म प्रत्येक दिन दिउँसो २ बजेदेखि ४ बजेसम्म युएसएआइडीको सहकार्यमा नाडा चौतारी सेमिनार पनि संचालन हुने थापाले जानकारी दिए । तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेहिकलसम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहनेछ ।

footwear zone

इभि चौतारीको पहिलो दिन ७ गते EV technology & ecosystem को बारेमा छलफल हुनेछ भने दोस्रो दिन ८ गते Financial Aspects of EV काे बारेमा विभिन्न विज्ञहरुले आ–आफ्नो धारणा राख्नेछन् । अन्तिम दिन ९ गते Policies for Promoting EVs भन्ने विषयमा छलफल हुने छ ।

कार्यक्रमले नेपालमा इलेक्ट्रिक गाडीहरुको पोलिसी तहमा कार्य गर्ने नीति नियमहरुदेखि लिएर यसका प्रयोगकर्ताहरु, वातावरणविदहरु तथा इलेक्ट्रिक टेक्नोलोजी र नेपालमा यसको उपयोग सम्बन्धमा चासो राख्ने सबैलाई एक स्थानमा जम्मा गरि ज्ञान बाँड्ने चौतारी हुने अपेक्षा गरिएको छ । कार्यक्रममा उपस्थितिको लागि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सबैलाई सहभागिताको लागि अनुरोध गरेको छ ।

You might also like

Comments are closed.