बन्द भए लघुजलविद्युत् आयोजना

चौतारा । कुनै बेला सिन्धुपाल्चोकको हिमाली बस्तीका लागि वरदान साबित भएका लघुजलविद्युत् आयोजना बन्द भएका छन् ।

राष्ट्रिय प्रसारण लाइन पुगेपछि रु २५ लाखको लागतमा निर्माण गरिएको इन्द्रावती गाउँपालिका–३ कुञ्चोकमा रहेको २० किलोवाट क्षमताको झ्याँडीखोला लघुजलविद्युत् आयोजना उपभोक्ताले १० वर्षदेखि बन्द गराएका छन् । आयोजनाको तार पोल स्थानीयले भागबन्डा गरेर राष्ट्रिय प्रसारण लाइनमा प्रयोग गरेको स्थानीय टङ्क गिरीले बताए ।

पाँचपोखरी थाङपाल गाउँपालिका–८ थाङपालधापमा निर्मित जिल्लाकै पहिलो २७ किलोवाटको हाँडीखोला लघुजलविद्युत् परियोजना पनि गाउँमा राष्ट्रिय लाइनको विस्तारसँगै बन्द भएको छ । गाउँमा राष्ट्रिय प्रसारण लाइनको विस्तार भएपछि गाउँले लघुपरियोजना छाडेर त्यतै रमाउन थालेको स्थानीय अञ्जना धितालले जानकारी दिए । पाँचपोखरी गाउँपालिकाकै वडा नं ३ थाङपालकोटमा सञ्चालित हाँडीखोला दोस्रो र तेस्रो आयोजना बन्द भएको पूर्व गाविस अध्यक्ष उदय सापकोटाले बताए । सापकोटाका अनुसार दोस्रोबाट २६ र तेस्रोबाट २० किलोवाट विद्युत् उत्पादन हुने गर्दथ्यो ।

footwear zone

चोकटीमा १३ लाखको लागतमा बनेको घट्टेखोला लघुपरियोजना पनि राष्ट्रिय प्रसारण लाइनको विस्तार भएसँगै बन्द भएको छ । समुदायको आकर्षण घट्दा परियोजनामा सरकार र दाताले गरेको लाखौँ रुपैयाँ लगानी जोखिममा परेको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको सहयोगमा २०५५ बाट ग्रामीण ऊर्जा विकास कार्यक्रम लागू भएपछि जिल्लामा निर्मित १३ लघुपरियोजनाबाट उत्पादित दुई सय ५६ किलोवाट विद्युत् क्षमताले १० हिमाली गाउँका करिब तीन हजार घरधुरीलाई उज्यालो दिएको थियो ।

You might also like

Comments are closed.