‘साथीमार्टको डिजिटल दसैं, क्यासब्याक पनि उपहार पनि’

काठमाडौं । नेपालकै ठूलो रिटेल चेन साथीमार्टले देशव्यापी रूपमा दसैं–तिहार अफर ल्याएको छ ।साथै मार्टले ‘साथीमार्टको डिजिटल दसैं, क्यासब्याक पनि उपहार पनि’ अभियान समेत सुरु गरेको हो । जुन भाद्र ३० गतेदेखि कात्तिक १४ गतेसम्म सञ्चालनमा रहनेछ ।

उक्त अभियान साथीमार्ट र खल्तीको संयुक्त आयोजनामा भएको साथीमार्टका संस्थापक सिइओ सागर पोखरेलले जानकारी दिए ।‘यस अभियान अन्तर्गत ग्राहकले नेपालको जुनसुकै ठाउँमा रहेका साथीमार्टमा गई सपिङ गर्न सक्नेछन् भने अनलाइन मार्फत पनि सेवा लिन सक्नेछन्,’ उनी भन्छन् ‘हरेक अनलाइन वा अफलाइन सपिङमा ४० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छौं ।’

यस्तै, ग्राहकले सपिङ गरे पश्चात खल्ती एपबाट रकम भुक्तानी गर्दा तत्कालै १० प्रतिशत क्यासब्याक पाउनुका साथै ‘लक्की ड्र’ समेत सो ग्राहकको नाम समावेश हुने पोखरेल बताउँछन् ।

footwear zone

उनका अनुसार, यो अभियान सकिएपछि ‘लक्की ड्र’ मार्फत १० जना भाग्यशाली बिजेता छानिने छन् । जसअन्तर्गत ७ प्रदेशका ७ जना बिजेताले इलेक्ट्रिक कितली र ३ जना भाग्यशाली बिजेताले बम्पर पुरस्कारमा क्रमश वाटर प्युरिफायर, माइक्रोवेभ ओभन र इन्डक्सन चुलो पाउनेछन् ।

यो अभियान अन्तर्गत ग्राहकले मार्टबाट खरिद गर्ने ग्रोसरी, इलेक्ट्रिक सामान, लिक्वेयर लगायत सबैमा लागु हुनुका साथै अनलाइनमा उपलब्ध सामाग्री खरिदमा विशेष छुटको समेत व्यवस्था गरिएको छ ।

अनलाइन सपिङका लागि ग्राहकले वेवसाइटमा गएर वा मोबाइल एपबाट सजिलै सपिङ गर्न सक्नेछन् । भने अफलाइन सपिङका लागि देशभर ३० भन्दा बढी जिल्ला र ६० भन्दा बढी शहर गरि १०८ वटा स्टोर सञ्चालनमा रहेको साथीमार्टले जनाएको छ ।ग्राहकले डिजिटल पेमेन्टका लागि खल्ती, एनआइसी एसिया, इ-सेवा, फोन-पे लगायतबाट भुक्तानी गर्दा विभिन्न छुट पाउने व्यवस्था समेत गरिएको छ ।

You might also like

Comments are closed.