सानिमा बैंकको ५१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं ।  सानिमा बैंक लिमिटेडले ५१ लाख संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै बैंकका संस्थापक सेयरधनीले ५१ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेको जानकारी दिएको छ ।

उक्त सेयरको मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको बैंकले जनाएको छ । त्यस्तै उक्त सेयर खरिद गर्नको लागि आवेदन गर्दा न्यूनतम १० लाख कित्ताको लागि आवेदन दिनुपर्ने छ ।

footwear zone

बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, नारायणचौर, नक्साल काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।

त्यस्तै, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित नियमानुुसार सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले सूचनामा जनाएको छ ।

 

You might also like

Comments are closed.