ब्याजदर वृद्धिको निर्णय तत्काल फिर्ता गर्न होटल संघको माग

काठमाडौं  । होटल संघ नेपाल गण्डकी प्रदेशले पर्यटन क्षेत्रलाई प्रत्यक्ष असर पर्ने गरी चालिएको यही असोज १ गतेदेखि लागू गर्ने गरी गरेको ब्याजदर वृद्धिको निर्णयप्रति आपत्ती जनाएको छ ।

होटल संघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै होटल र पर्यटन क्षेत्र मात्र नभई सिंगो अर्थतन्त्रमा नै असर पर्ने गरी मनोमानी ढंगले गरिएको ब्याजदर वृद्धिप्रति सरोकारवालाई ध्यानकर्षण गराउदै उक्त निर्णयप्रति आपत्ति जनाएका हुन् ।

त्यस्तै, होटल संघले ब्याजदर वृद्धिको निर्णय तत्काल फिर्ता लिन बैंक तथा वित्तीय संस्थासँग आग्रह गर्दै नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग उचित कदम चाल्न अनुरोध समेत गरेको छ ।

footwear zone

त्यसैगरी, अफठ्यारो अवस्थामा राहात खोजिरहेको पर्यटन क्षेत्रका लागि ब्याजदर वृद्धिले आहात मात्रै थप्ने र अर्थतन्त्र नै डामाडोलको अवस्थामा पुग्ने अवस्था सिर्जना हुने संघको ठहर छ । उक्त व्याजदर ब्याजदर वृद्धिको निर्णय तत्काल फिर्ता लिन संघले माग गरेको छ ।

जारी विज्ञप्तीमा भनिएको छ , ”ब्याजदर वृद्धिको निर्णय तत्काल फिर्ता लिन होटल संघ गण्डकी बैंक तथा वित्तीय संस्थासँग आग्रह गर्दै नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग उचित कदम चाल्न अनुरोध गर्दछ । अर्थतन्त्रमा नै असन्तुलन पैदा गर्ने यसप्रकारको ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गरी व्यापार व्यवसाय सहज ढंगले अघि बढ्ने वातावरणका लागि संघ सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।भारतमा समेत व्यवसाय संरक्षणका लागि सरकारले नीति अगाडि बढाएको अवस्थामा नेपालमा भने सरकारकै कारण व्यवासय बन्द गर्नुपर्ने अवस्था सिर्जना गराउनु खेदजनक विषय हो । यस्तो अवस्थाले धेरै होटल बन्द हुने र श्रमशक्ति विस्थापन हुन पुगेको छ रउक्त व्याजदर ब्याजदर वृद्धिको निर्णय तत्काल फिर्ता गर्न संघको माग छ ”

 

You might also like

Comments are closed.