इभी एक्पोमा चार पांग्रेको रौनक : गाडीको रेन्जमा अवलोकनकर्ताको चासो

काठमाडौं । नाडा इभी एक्सपोको मूल ढोका अगाडि छ, विश्वचर्चित टेस्ला गाडीको स्टल । त्यहीँ स्टलमा टेस्लाको ‘मोडल वाई’ गाडी अवलोकन गरिरहेको अवस्थामा भेटिए चावहिलका सुकदेव बस्नेत । पेट्रोल गाडी चढिरहेका उनी इभी एक्पो नै हेर्नका लागि भृकुटी मण्डप आएका रहेछन्।

‘केही समयदेखि गाडी फेर्न सोच बनाउँदै थिए । केही साथीले इभी किन्न सुझव दिए । प्रत्येक शोरुम चहार्नुभन्दा एकैपटक यही हेर्छु भनेर आएको,’ उनले भने । इभीमा मुलतः रेन्ज, व्याट्रीको आयुको बारेमा जिज्ञासा मेटाउन एक्सपोमा आएको उनी बताउछन् ।

‘गाडी छिटो–छिटो फेरी रहने कुरा होइन । सानो लगानीमा पनि आउँदैन । बाहिरबाट सुनेको भन्दा प्रत्यक्ष बुुझ्दा धेरै कुरा प्रस्ट पाए । ५ सय किलोमिटर भन्दा धेरै रेन्ज दिने पनि इभी रहेछन् । हेर्दै जाउँ, मेरो बजेटमा राम्रो रेन्ज र फिचर्स भएको इभी पाए यही बुकिङ गर्छु,’ बस्नेतले भने ।

footwear zone

इभी एक्सपोमा अवलोकलकर्ताहरुको धेरै जिज्ञासा पाएको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीका महाप्रवन्धक दिपक थपलिया बताउछन् । ‘धेरै ग्राहकहरु त सचेत भइसक्नुभएको छ । उहाँहरुले छुटभन्दा पनि रेन्ज, ब्याट्री लाइफ, अनरसिप कस्ट र चार्चिङ स्टेसन कति छ भन्दा पनि डिसी चार्जिङ स्टेसन कतीवटा छ भनेर सोध्नुहुन्छ,’ थपलियाले भने ।

पछिल्लो समय ग्राहकमा इभीको इम्प्रेसन बढेको ग्रिन इलेक्ट्रो मोबिलिटी सर्भिसका कार्यकारी निर्देशक उमेश श्रेष्ठ बताउछन् । ‘चारपांग्रे इलेक्ट्रिक सवारी साधनमा ग्राहकको इक्वायरी निकै राम्रो छ । उहाँहरुले गाडीको मात्र नभई इन्फास्टक्चर, व्याट्री, रेन्जलगायतको बारेका धेरै जिज्ञासा राखिरहनुभएको छ,’ उनले भने ।

नाडाले इभी एक्सपो गर्नुको उद्देश्य पुरा भएको नाडा इभी एक्सपोका संयोजक अनुपकुमार बराल बताउँछन् । ‘एक्सपो गर्नुको मूल उद्देश्य गाडी बेच्नुभन्दा पनि जनचेतना फैलाउनु हो । विगतका वर्ष अटो शोमा गाडी बुकिङ गरेर खुसी हुने हामी व्यवसायी यसपाली सर्वसाधरणलाई इभीको बारेमा बुझाउन पाउँदा त्योभन्दा धेरै खुसी भएका छौं,’ उनले भने ।

एक्सपोमा रहेका चारपांग्रे सवारी साधनको स्टलको रौनकले अवका दिनमा ग्राहक जुनसुकै ब्राण्डको शोरुममा गाडी किन्न जादाँ यो ब्राण्डको डेलिभरी गर्न अप्ठेरो पर्ने देखिन्छ । ६ असोज २०७९ मा सुरु भएको नाडा इभी एक्सपो ९ असोजसम्म चल्नेछ । एक्पोमा ९ वटा चारपाङ्ग्रे, एउटा तीन पाङ्ग्रे, १६ वटा दुई पाङ्ग्रे र अन्य अटो कम्पोनेट गरी कुल ५१ वटा ब्राण्डले सहभागिता जनाएका छन् । त्यसैगरी एक्सपोमा ४ वटा वित्त कम्पनीको समेत सहभागिता रहेको छ ।

नाडा अटो शो रहेका कुन गाडीको मूल्य कती ?
हुण्डाई
कोना ईभी जीएल
मूल्य– ६० लाख ५६ हजार

कोना ईभी जीएलएस
मूल्य -६२ लाख ९६ हजार

आयोनिक ५
मूल्य –१ करोड १६ लाख ९६ हजार

टाटा
टिगोर ईभी एक्सएम (मिड अप्सन)
मूल्य– ३१ लाख ४९ हजार

टिगोर ईभी एक्सजेड प्लस (फुल अप्सन)
मूल्य –३२ लाख ९९ हजार

नेक्सन ईभी एक्सएम
मूल्य – ३७ लाख ९९ हजार

नेक्सन ईभी एक्सजेड प्लस
मूल्य – ३९ लाख ९९ हजार

नेक्सन ईभी एक्सजेड प्लस लक्जरी (फुल अप्सन विथ सनरुफ)
मूल्य – ४१ लाख ९९ हजार

नेक्सन ईभी जेडएक्स प्लस डार्क एडिसन
मूल्य – ४१ लाख ९९ हजार

नेक्सन ईभीएक्स जेड प्लस लक्जरी डार्क एडिसन
मूल्य – ४३ लाख ९९ हजार

बीवाईडी
ई ६
मूल्य – ५९ लाख

टेस्ला
मोडल ३
मूल्य – १ करोड ५५ लाख

मोडल वाई स्ट्याण्डर्ड रेन्ज प्लस
मूल्य –२ करोड १५ लाख

मोडल वाई लङ्ग रेन्ज
मूल्य– २ करोड ४० लाख

निटा
निटा भी
मूल्य – ३७ लाख ९९ हजार

चाङ्गोन
चाङ्गोन भ्यान
मूल्य – ४२ लाख ५० हजार

दिगो
जेएसी टी८ ईभी
मूल्य – ७१ लाख ९५ हजार

ग्रीन अटोमोबिलिटी सर्भिस प्रालि
सिटी स्प्रीट
मूल्य – १६ लाख

जेम्स माइक्रोबस
मूल्य – ३८ लाख ५० हजार

जेम्स ट्रक
मूल्य – ३७ लाख ५० हजार

You might also like

Comments are closed.