नेपाल रसिया चेम्बरको अध्यक्षमा अशोक शेरचन

काठमाडौं । नेपाल रसिया चेम्बर अफ कमर्सको अध्यक्षमा अशोक शेरचन चयन भएका छन् । नेपाल रसिया चेम्बर अफ कमर्सको २५औं साधारणसभाले बैंकर शेरचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

शुक्रबार काठमाडौंमा सम्पन्न साधारणभाले संघको निवर्तमान अध्यक्षमा नरेशलाल श्रेष्ठ तथा मानार्थ सदस्यमा राजेशकाजी श्रेष्ठलाई चयन गरेको छ ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा दिवस अमात्य तथा उपाध्यक्षद्वयमा कुमार कार्की र निमानुरु शेर्पा, महासचिवमा विष्णुहरि पाण्डे, कोषाध्यक्षमा यमुना श्रेष्ठ तथा सचिवद्वयमा अनुराग गोयल र अविनाश सिलवाल चयन भएको संघले जनाएको छ ।

footwear zone

त्यस्तै, संघको कार्यकारिणी समिति सदस्यहरुमा अमृत खड्का, अनिल मानन्धर, अनुज भट्टराई, दिपकराज भुसाल, डा. विजय थापा, डा. मणिराम पोख्रेल, डा. उन्नत श्रेष्ठ, गोरे शेर्पा, लोकेश्वरमान जोशी, मनोज रसाइली, प्रवीण गौचन, प्रनिलमान सिंह प्रधान, रवि थापा, रुपक राजवंशी, सञ्चित बज्राचार्य र सरोज पाण्डे निर्वाचित भएका छन् ।

You might also like

Comments are closed.