चन्द्रागिरिले मझौला उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

कीर्तिपुर । चन्द्रागिरि नगरपालिकाले नगरभित्रका कृषि तथा साना मझौला उद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । नगरपालिकाको नेतृत्व र त्यहाँ रहेका बैंकका शाखाबीचको छलफलमा सहकार्य गर्ने सहमति भएको हो ।

नगरप्रमुख घनश्याम गिरीका अनुसार दूध र दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, च्याउ तथा बीउ बिजनको उत्पादन, प्रशोधन भण्डारण, फूल व्यवसाय र पशुपक्षीपालन गर्ने किसानलाई नगरपालिकाले ब्याज अनुदान प्रदान गर्नेछ। यसैगरी मत्स्यपालन, उत्पादित माछाको भण्डारण र बिक्री वितरण तथा पशुबधशाला एवं मासुजन्य उत्पादन गरिरहेका किसानले पनि यस्तो ब्याज अनुदान पाउने छन् ।

जडीबुटी उत्पादन प्रशोधन र भण्डारण, अलैँची र अदुवा खेती गर्ने किसानले पनि सहुलियत कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधिअनुसार दिइने अन्य व्यवसाय घरेलु उद्योग र साना तथा मझौला उद्यम सञ्चालकले पनि यस प्रकारको ब्याज अनुदान पाउने छन् । प्रमुख गिरीका अनुसार किसानले बैंकमार्फत सहुलियत कर्जा पाउनेछन् ।

footwear zone

नगरपालिकाले किसानले उत्पादन गरेका कृषि सामग्रीको बजारीकरणमा समेत मद्दत गर्नेछ। त्यसका लागि नगरका सबै वडामा सार्वजनिक स्थान पहिचान गरी हाटबजार लगाइने गिरीले जानकारी दिए। नगरका सुरक्षाका लागि सिसिटिभी जडान गर्नेबारे समेत छलफल भएको छ ।

You might also like

Comments are closed.