नाडा ईभी एक्स्पो: आज अन्तिम दिन

असोज ६ गते शुरु भएको नाडा ईभी एक्स्पो आज सकिदैछ । पहिलो पटक भइरहेको विद्युतीय सवारी साधन एक्स्पोमा अवलोनककर्ताको उत्साहजनक सहभागिता देखिएको छ ।

एक्स्पोमा सोचेभन्दा धेरै अबलोकनककर्ताहरुको सहभागिताले आफूहरु उत्साही बनेको नाडा ईभी एक्स्पो आयोजक कमिटीका सभापति अनुप बरालले बताए । अन्तिम दिन आज अझै धेरै अवलोकनकर्ताको उपस्थिति रहने उनले विश्वास व्यक्त गरे ।

चापको व्यवस्थापनको लागि नाडाले खल्ती एपमार्फत टिकट काट्न सकिने व्यवस्था गरेको छ । एक्स्पोमा प्रवेशको लागि विद्यार्थीलाई १५० रुपैयाँ र सर्वसाधारणको लागि २ सय रूपैयाँ व्यवस्था गरेको छ ।

footwear zone

सिएटद्वारा प्रायोजित नाडा ईभी एक्स्पोमा साधन, पार्ट पूर्जा, वित्तीय सेवा उपलब्ध छन् । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको छ ।

You might also like

Comments are closed.