अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको विनिमयदर अुनसार अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महंगो भएको छ ।

आज अमेरिकी डलर १ को खरिद दर १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ८९ पैसा रहेको छ । त्यस्तै, युरो १ को खरिद दर १२६ रुपैयाँ २० पैसा तथा बिक्री दर १२६ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

डलरको भाउभन्दा महङ्गो हुने युरोपियन युरोको भाउ आज खरिदमा १२६ रुपैयाँ २० पैसा र बिक्रीमा १२६ रुपैयाँ ७९ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

footwear zone

त्यस्तै, युके पाउन्ड स्टेर्लिङ एकको खरिदमा १४३ रुपैयाँ ६५ पैसा र बिक्रीमा १४४ रुपैयाँ ३१ पैसा, स्वीस फ्र्याङ्क खरिदमा १३१ रुपैयाँ ८७ पैसा र बिक्रीमा १३२ रुपैयाँ ४९ पैसा रहेको छ ।

त्यस्तै, कुवेती दिनार एकको खरिदमूल्य ४१७ रुपैयाँ १९ पैसा र बिक्रीमूल्य ४१९ रुपैयाँ १२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिदमा ३४२ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३४४ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

पछिल्लो समय रुस-युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्व बजारमा डलर महँगो बन्दै गएपछिनेपाल र भारतको बजारमासमेत यसको असर देखिएको छ ।भारतको अर्थतन्त्र कमजोर भएको कारण नेपालको अर्थतन्त्रमासमेत त्यसको प्रभाव परेको हो । नेपालमा पनि चाडपर्व नजिकिदै गर्दा सम्पूर्ण बस्तुको मूल्य बढेको छ ।

You might also like

Comments are closed.