घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।नेपाली बजारमा शुक्रबार बढेको सुनचाँदीको मूल्य आइतबार फेरि घटेको छ । शुक्रबार तोलामा १ हजारले बढेको छापावाल सुन आइतबार फेरि तोलामा १ हजार रुपैयाँले घटेको हो ।

तोलामा १ हजार रुपैयाँले घटेसँगै आइतबार छापावाल सुनको मूल्य प्रतितोलाको ९१ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।शुक्रबार छापावाल सुन प्रतितोलाको ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार तेजाबी सुनको मूल्य प्रतितोलाको ९१ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि तोलामा पुनः  २५ रुपैयाँले घटेको छ ।

footwear zone

तोलामा २५ रुपैयाँले घटेसँगै आइतबार चाँदीको मूल्य प्रतितोलाको ११ सय ७५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.