पशुपालनमा केन्द्रित हुँदै दाङका किसान

काठमाडौं । दाङ घोराही उपमहानगरपालिका-८ दुन्द्राका आइतमाली विकको दैनिकी बङ्गुर फार्मबाट सुरु हुन्छ । उनी बिहानै फार्ममा पुगेर बङ्गुरलाई दानापानी खुवाउने र खोर सफा गर्छिन् । यस्तै दिनचर्यामा नै उनको तीन वर्ष बितिसकेको छ । आफ्नै गाउँघरमा व्यवसाय गर्दाको खुसी बेग्लै रहेको उनको अनुभव छ । माडीगाउँपालिका-१ रोल्पा स्थायी घर भए पनि अहिले घोराही झरेकी विक बङ्गुरपालनमा राम्रो सम्भावना देखेर व्यवसाय सुरु गरेको बताउछिन् ।

उनले २०७४ सालको निर्वाचनपश्चात् माडी गाउँपालिकामा कार्यपालिका सदस्यमा रहेरसमेत काम गरिसकेकी छन् । बङ्गुरपालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने भएपछि उनले यो पेशामा हात हालेकी हुन् । थोरै रकममार्फत सुरु गरेको व्यवसाय अहिले रु एक करोड बढीको लगानी पुगेको उनी बताउछिन् । मोर्डन बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर व्यवसाय गर्दै आएको विकले आफ्नै एक बिघा जग्गामा बङ्गुपालन व्यवसाय थालेकी छन् ।

उनको फार्ममा अहिले दुई सय ६० वटा बङ्गुर रहेका छन् । यसअघि सात सय रहेकामा केही समय अगाडि बङ्गुर मरेका कारण केही क्षति पुगेको बताइन् । विकले स्थानीय सात जना व्यक्तिलाई रोजगारसमेत प्रदान गरेकी छन् । यो व्यवसायबाट वार्षिक रु पाँच लाखसम्म बचत गरेको उनको अनुभव छ ।

footwear zone

रोल्पा रुन्टिगढी गाउँपालिका–३ जवाङका पूर्णबहादुर घर्तीमगरले पनि करिब तीन वर्षदेखि घोराही उपमहानगरपालिका–१२ हापुर डाँडागाउँमा पशुपालन व्यवसाय गर्दै आएका छन् । आफ्नै व्यवसायमार्फत आयआर्जन गर्ने उद्देश्यले घर्तीको परिवार दाङ आएको हो । उनले गाईभैँसीबाट दैनिकरुपमा उत्पादन गरेको दूध घोराहीसम्म पुर्‍याउछन् ।

चालिस वर्षीय घर्तीसँग नेपाल प्रहरीको जागिर र करिब पाँच वर्षसम्म वैदेशिक रोजगारीमा काम गरेको अनुभव छ । हाल १० वटा गाई, भैँसी र बोयर बोका पाल्दै आएकी घर्ती १८ कट्ठाजग्गा भाडामा लिएर व्यक्तिगत लगानीबाट सुरु गरेको व्यवसायले राम्रै प्रतिफल दिँदै आएको बताउछन् । रोजगारका लागि विभिन्न युवा श्रम शक्ति खर्चिन अन्य देशमा जानुभन्दा आफ्नै गाउँमा आर्यआर्जनको बाटो खोज्न आवश्यक रहेको उनको भनाइ छ ।

आफ्नै मेहनत र सीपमार्फत आत्मनिर्भर हुन सकियो भने देश र समाजलाईसमेत फाइदा पुग्ने उनी बताउछन् । नेपालमा थुप्रै जमिन बाँझो रहेका अवस्थामा युवा कुषि पेशामा आबद्ध भएर आम्दानीको स्रोत बढाउनुपर्ने सुझाव उनको छ । पूर्णबहादुर, आइतमाली पौरखी पात्रका रुपमा उदाहरण बनेका छन् । उनीहरु जस्तै धेरै युवा स्वरोजगारमा लागेर अहिले राम्रो आम्दानी गरिरहेका छन् । जिल्लाको राजपुर गाउँपालिका–३ खरदरीयामा पनि भैँसी पालन व्यवसायमा एक सय ५० बढी किसान आबद्ध छन् । यहाँ प्राय घरमा सयौँ भैँसी पाल्ने गरिएको छ ।

जसले गर्दा उनीहरुको दैनिकी भैँसीको रेखदेखसँगै दुग्धजन्य वस्तुको बजारीकरणमै बित्ने गरेको तर श्रमको सम्मान हुन नसक्दा र सरकारले उचित बजारको व्यवस्था गर्न नसक्दा यो पेशमा उत्साहका साथ लागेका कतिपय किसान निराश पनि छन् । यसतर्फ स्थानीय सरकारले उद्यमशीलताका क्षेत्रमा विशेष ध्यान दिनुपर्ने उनीहरुको अपिल छ ।

घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार २०७३/७४ मा जिल्लाका १० पालिकामा गरेर जम्मा पाँच सय ७४ पशुपालन उद्योग दर्ता भएका छन् । यस्तै २०७४/७५ मा ४ सय ४८, २०७५/७६ मा ५सय ७४,  २०७६/७७ मा ६ सय ५७, २०७८/७९ मा एक हजार एक सय ८१ र २०७९/८० मा एक हजार पाँच सय १६ पशुपालन उद्योग दर्ता भएको कार्यालयले जानकारी दिएको छ । हरेक वर्ष कार्यालयमा हुने बढ्दो उद्योग दर्ताको अभिलेखले पनि पशुपालनमा किसानको आकर्षण बढेको देखिन्छ ।

You might also like

Comments are closed.