काठमाडौं । सुन्दर सुदुरपश्चिमाञ्चलकै मुटु कैलाली जिल्लाको गौरीगंगा नगरपालिका ९ शंकरपुरमा पूर्व-पश्चिम राजमार्गबाट करिब ५०० मिटर दक्षिण भित्र जाने मुख्य सडकबाटै देखिन्छ ढकाल कृषि फार्म र त्यसैको छेउमा एउटा चिटिक्क परेको किराना पसल छ ।यो कृषिफार्म हो टुका देवी ढकालको । उनले अहिले आफ्नो परिवारसहित व्यावसायिकरुपमा गाई-भैसी पालन र किराना पसल संचालन गर्दै आएकी छन् ।
टुका देवीले अहिले व्यावसायिकरुपमा गाई-भैसी पालन गरी घर-व्यवहार चलाएर समेत राम्रै आम्दानी गरिरहेकी छन् भने आफू तथा आफ्नो श्रीमान र बुहारीहरुलाई समेत स्वरोजगार बनाएकी छन् । उनी हिजोका कष्टपुर्ण दिनहरु सम्झदै भन्छिन्, “मलाई आजको अवस्थामा पुर्याउनुमा ग्लोबल आइ.एम.ई. लघुवित्त वित्तीय संस्था लि. र त्यसमा कार्यरत कर्मचारीको ठूलो हात रहेको छ । काम गर्ने इच्छा जागर भएमा कमाई गर्न विदेशनै जानुपर्छ भन्ने छैन, स्वदेशमा नै केही गर्न सकिन्छ ” वि.सं.२०२४ साल जेष्ठ ३० गते बुबा टिका राम पाण्डे र आमा महेश्वरी पाण्डेको कोखबाट लुम्बिनी अञ्चल, रुपन्देही जिल्ला देवदह नगरमा पहिलो सन्तानको रुपमा जन्मिएकी टुका देवीले सामान्य लेखपढ मात्र गरेकी छन् ।
वि.सं २०७५ साल भदौं १५ गते ग्लोबल आइएमई लघुवित्त संस्थाको शाखा कार्यालय मसुरिया अन्तर्गत केन्द्र नम्बर-०४५ मा आबद्र भएपछि उनले पहिलो पटक २०७५ साल भदौं २२ मा बिनाधितो कर्जा रु ६० हजार लिई एउटा भैँसी किनेर भैँसी पालन सुरु गरेकी थिइन् । अहिले आफ्नो फार्ममा ७ वटा भैँसी, ३ वटा पाडा, २ वटा गाई, २ वटा बाच्छी र ३ वटा बाख्रा पालन गरी मासिक रुपमा रु ५० हजार आम्दानी गर्छिन् ।

ग्लोबल आईएमई लघुवित्तमा बसेर कर्जा पहिलो पटक बिनाधितो कर्जा रु ६० हजार लिएको र आवश्यकता अनुसार पटक पटक बिना धितो कर्जा लिएकी छन् । हाल उनले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाबाट ३ लाख रुपैयाँ उपभोग गरीरहेकी छन् ।

ब्यवसाय संचालन गर्नका लागि चाहिने पूँजी ब्यवस्था गर्नका लागि पर्याप्त श्रोत नहुनेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराई ब्यवसाय संचालन गर्न ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले महत्वपूर्ण भूमिका खेलेको कुरा उनी ब्यक्त गर्छिन् ।




Comments are closed.