आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । आइतबार एकैदिन तोलामा १ हजारले घटेको सुनको मूल्य सोमबार भने स्थिर रहेको छ ।

आइतबार प्रतितोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन सोमबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

footwear zone

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने पुन: घटेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।तोलामा १५ रुपैयाँले घटेसँगै साेमबार चाँदीको मूल्य प्रतितोलाको ११सय ६० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोलाको ११ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.