काठमाडौं। काठमाडौंको मध्यबानेश्वरमा राइज एण्ड साइन क्याफे एण्ड रेस्टुरेन्ट सञ्चालनमा आएको छ । मध्यबानेश्वरमा रहेको एपेक्स कलेजको अगाडी रेस्टुरेन्ट सञ्चालनमा आएको हाे ।
युवा व्यवसायी सञ्जय यादवले रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । सोमबार एक कार्यक्रमबीच आर्थिक आवाजका संचालक सुरेन्द्र पौडेलले उद्घाटन गरे ।
उक्त अवसरमा बोल्दै पौडेलले युवाहरुले व्यावसायिक क्षेत्रमा लगानी बढाउनु उदाहरणीय कार्य भएको बताए ।उक्त रेस्टुरेन्टमा असोज महिनाभरी खाजाका हरेक परिकारमा २० प्रतिशत छुटको व्यवस्था गरिएको सञ्चालक यादवले जानकारी दिए।

साथै रेस्टुुरेन्टले ग्राहकको सुविधालाई मध्यनजर गर्दै होम डेलिभरीको व्यस्था समेत गरेको छ । फास्टफुड लगायत खाजाका परिकार रेस्टुरेन्टमा रहेका छन् ।यादवले विरगञ्जमा हाडवयर पसल पनि सञ्चालन गरिरहेका छन् ।





Comments are closed.