अटोवेज प्रालिले मनायो २०औं वार्षिकोत्सव

पोखरा । अटोवेज प्रालिले स्थापनाको २०औं वार्षिकोत्सव मनाएको छ । प्रालिले सोमबार शुभकामना आदानप्रदान, कर्मचारी सम्मान लगायतका विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो ।

उक्त अवसरमा बोल्दै प्रालिका प्रवन्ध निर्देशक नारायण पौडेलले कम्पनी स्थापनाको २ दशकसम्म संस्थामा योगदान पुर्याउने कर्मचारी, ग्राहक लगायत सम्पूर्णप्रति आभार व्यक्त गरे । संस्थामा लामो समयसम्म योगदान पुर्याउने कर्मचारीहरुलाई प्रवन्ध निर्देशक पौडेलले वार्षिकोत्सवको अवसरमा सम्मान गरेका छन् ।

पोखराको नयाँबजारमा प्रधान कार्यालय रहेको अटोवेजका शाखाहरु हेटौंडा, बुटवल र चितवनमा पनि छ ।

footwear zone

प्रालिले बुल, आइसर, कोमात्सु, टोयटा लगायतका ब्राण्डको बिक्री वितरण गर्दै गर्दै आइरहेको छ । पछिल्लो समय अटोवेज ग्रुप अन्तर्गत प्रालिका प्रवन्ध निर्देशक पौडेलले शिक्षा, स्वास्थ्य, हस्पिटालिटी लगायतका विविध क्षेत्रमा लगानी गर्दै आइरहेका छन् ।

You might also like

Comments are closed.