भृकुटी मण्डप ठूलो चौरमा जारी दसैं जुत्ता चप्पल मेला १६ गतेसम्म

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा पाँचौ दसैं जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला जारी छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको मेला भृकुटीमण्डपस्थित ठूलो चौरमा सञ्चालन भइरहेको मेला संयोजक सुरज बन्जाडेले जानकारी दिए ।

मेलामा ग्राहकको आकर्षण बढिरहेको उनले बताए । ‘स्वदेशी कम्पनीमा गुणस्तरीय जुत्ता चप्पल खरिद गर्ने अवसर मेलामा ग्राहकलाई मिलेको छ,’ उनले भने ।
मेलामा जुत्ता चप्पल खरिदमा ५० प्रतिशतसम्मको छुट उपलब्ध गराइएको एसोसिएसनले जनाएको छ । भारी छुटमा जुत्ता चप्पल प्राप्त हुँदा उपभोक्ताहरु लाभान्वित भएको अध्यक्ष नानीराज घिमिरेले बताए ।

चाडपर्वलाई लक्षित गरी मेला आयोजना गरिएको हो । मेलाले स्वदेशी जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको विषयमा सकारात्मक सञ्चार गर्न सघाएको आयोजकको विश्वास छ ।

footwear zone

सस्तो मूल्यमा जुत्ता चप्पल खरिदको अवसरले प्राप्त भएकाले मेलाको बाँकी अवधिमा पनि ग्राहकको उत्साहजनक उपस्थिति रहने आयोजकको विश्वास छ ।

You might also like

Comments are closed.