काठमाडौं । कोभिड-१९ को महामारीका कारण स्थगित भएको हङकङको राष्ट्रिय ध्वजावाहक क्याथे प्यासेफिकले हङकङ-काठमाडौं पुनः उडान सुरु गर्ने भएको छ ।
कोरोना महामारीका कारण स्थगित भएको क्याथे प्यासेफिकको हङकङ-काठमाडौं उडान तीन वर्षपछि पुनः सुरु हुन लागेको हो । उक्त कम्पनीले १ अक्टोबर अर्थात् यही असोज १५ गतेदेखि काठमाडौं-हङकङ रुटमा उडान गर्नका लागि पत्र पठाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।
उनले भने, “क्याथे प्यासेफिकले हङकङ-काठमाडौं पुनः उडान गर्न पत्र पठाएको छ, कोरोनाले स्थगित भएको हङकङ-काठमाडौं उडान पुनः सञ्चालन हुने छ ।”

कोभिड-१९ का कारण क्याथे प्यासेफिकले विगत तीन वर्षदेखि काठमाडौं-हङकङ उडान रोकेको थियो । हङकङमा नेपाल एयरलाइन्सले भने नियमित उडान गरिरहेको छ । उक्त कम्पनीले हरेक शनिबार साताको एक उडान गर्ने गरी काठमाडौंका लागि योजना बनाएको बताइएको छ ।




Comments are closed.