डलरको मूल्य अहिलेसम्मकै उच्च, कुन देशको कति ?

सुनिता सुवेदी,काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बिहीबारको विदेशी विनिमय दर प्रकाशित गरेको छ । उक्त प्रकाशित विनिमय दर अनुसार अमेरिकी डलरको भाउ लगातार बढी नै रहेको देखिन्छ । बैंकले बिहीबार सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।

बिहीबार अमेरिकी १ डलरको खरिद द १३० रुपैयाँ ८१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४१ पैसाँ कायम भएको छ ।मंगलबार १ डलरको भाउ (बिक्रीदर) १३० रुपैयाँ ९० पैसा र खरिददर १३० रुपैयाँ ३० पैसा कायम भई पहिलो पल्ट उच्च विन्दुमा पुगेको डलरको मूल्य त्यसपछि लगातार बढी रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिददर १२५ रुपैयाँ २२ पैसा र बिक्रीदर १२५ रुपैयाँ ७९ पैसा कायम गरीएको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८४ रुपैयाँ ३० पैसा रहेको छ ।

footwear zone

यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९३ पैसा, मलेसियन रिंगेट एकको खरिदमूल्य २८ रुपैयाँ २६ पैसा र बिक्रीमूल्य २८ रुपैयाँ ३९ पैसा रहेको छ ।

कोरियन वन १०० को खदिरमा ९ रुपैयाँ ०९ पैसा र बिक्रीमा ९ रुपैयाँ १३ पैसा, हङ्कङ डलर एकको खरिदमा १६ रुपैयाँ ६६ पैसा र बिक्रीमा १६ रुपैयाँ ७४पैसा रहेको छ ।कुवेती दिनार एकको खरिददर ४ २० रुपैयाँ २१ पैसा र बिक्रीदर ४२२ रुपैयाँ ७४पैसा र बहराइन दिनार एकको खरिदमूल्य ३४६ रुपैयाँ ६१पैसा र बिक्रीमूल्य ३४८ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

अमेरिकी डलरको मूल्यमा भएको लगातारको वृद्धिले मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने अर्थशास्त्रीहरुको विश्लेषण रहेको छ ।

अमेरिकी डलरको भाउ महंगो हुनाले नेपाली बजारमा  पनि अवश्य असर पर्ने  देखिन्छ  भने जुन नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेशीएका छन् उनीहरुलाई त झनै असर पर्ने देखिन्छ ।डलरको मूल्य बढ्नाले नेपाली बजारमा विदेशबाट नेपाल आयत गर्ने बस्तुको मूल्य बढ्न गई यसले व्यापार घाटा झन बढ्दो देखिन्छ । यद्पी डरलको भाउ वृद्धिले नेपालको रेमिटेन्टमा सिमित फाइदा पनि पुग्ने देखिन्छ ।

डलरको मूल्यमा वृद्धि हुँदा बजारमा महँगीको मात्रामा वृद्धि हुन जान्छ । पेट्रोलियम पदार्थदेखि खाद्यान्नसम्मको आयात हुने हुँदा त्यसको प्रभाव बजारमा पर्न जान्छ ।

विदेशी ऋणको सावाँ र ब्याज भुक्तानीका लागि सरकारले तय गरेको वित्तीय व्यवस्थामा यसको प्रभाव पर्न जान्छ र रकमको अभाव हुन जान्छ । नेपाली मुद्रा र भारतीय मुद्राका बीचमा स्थिर विनिमय दर भएकाले भारतमा हुने मूल्वृद्धिको चाप नेपालमा पर्न जान्छ । किनकी, नेपालको सबैभन्दा बढी व्यापार भारतसँग नै हुने गरेको छ ।

रसिया र युक्रेन युद्धका कारण संसारभरकै अर्थतन्त्रमा चाप परेको तथा अमेरिकाको फेडरल रिजर्भले अगाडि सारेको नीतिका कारण पनि विश्वरभर नै डलर बलियो बन्दै गएको छ ।

 

You might also like

Comments are closed.