नेपाल राष्ट्र बैंकले आज ३० अर्बको रिपो जारी गर्दै

काठमाडौं ।  लगानीयोग्य रकम अभाव हुन नदिन नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँको रिपो जारी गर्दै छ ।

बैंक तथा बैंकिङ प्रणालीम देखिएको तरलताका समस्या व्यवस्थापन गर्नका लागि नेपाल राष्ट्र बैंकले १४ दिने रिपो बिहीबार जारी गर्न लागेको हो ।

वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो असोज २७ गते परिपक्व हुने यो रिपो आज दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् ।

footwear zone

तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी र स्थायी तरलता सुविधा (एसएलएफ)प्रयोग गर्दछन् ।बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्छ ।

You might also like

Comments are closed.