मञ्जुश्री फाईनान्सको शाखा कार्यालय कुमारीपाटीमा खुल्यो

काठमाडौं । मञ्जुश्री फाईनान्स लि.को शाखा कार्यालय ललितपुरको कुमारीपाटीमा शुरु भएको छ। मञ्जुश्रीले ललितपुर महानगरपालिका ५, कुमारीपाटीमा आफ्नो २७औं शाखा उद्घाटन गरेको हो।

संस्थापक अध्यक्ष तथा नेपाल सरकारको पूर्व मुख्य सचिव एवं नेपालको तर्फबाट अमेरिकाको लागि राजदुत दामोदरप्रसाद गौतम तथा मञ्जुश्री फाईनान्स लिमिटेडका अध्यक्ष इन्दिरा पण्डित घिमिरेले शाखा कार्यालयको उद्घाटन गरेका हुन्।

२०७९ साल भदौ मसान्तसम्म एक अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रियस्तरको यस फाईनान्सले ११ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ८८ करोड रुपैंयाँ कर्जा परिचालन गरेको छ ।

footwear zone

यसका साथै मञ्जुश्री फाईनान्सले विप्रेशण, मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटिएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।

You might also like

Comments are closed.