यतीको नयाँ विमान आजदेखि व्यावसायिक उडानमा

 

काठमाडौं । निजी हवाई संस्था यती एअरलाइन्सको नयाँ विमानले आजदेखि व्यावसायिक उडान सुरु गरेको छ ।

गत भदौ २० गते छैटौँ एटिआर ७२–५०० विमान थप गरेको यतीले आजदेखि व्यावसायिक उडान सुरु गरेको हो ।

footwear zone

नयाँ थपिएको विमानले आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरि नेपाल नागरिक उड्डयान प्राधिकरण बाट उडान अनुमति लिएर आज विहान ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडान गर्ने तालिका रहेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

सो विमानलाई प्राधिकरणले नाईन एन–एएमजेट कल साइन दिएको छ । ७० सिट क्षमताको उक्त विमान अष्ट्रेलियन कम्पनीसँग लिजमा ल्याएको हो । एमएसएन नं. ९८६ भएको उक्त विमानको जम्मा ८ हजार २७३ साइकल र १० हजार २९१ घण्टा मात्र उडान भरेको प्रवक्ता बर्तौलाले जानकारी दिए ।

एटिआर कम्पनीले उत्पादन गरेको ७२–५०० सिरिजको विमानहरुमा यो सबैभन्दा पछिल्लो उत्पादन हो । कम्पनीले यो विमान पश्चात् थप एउटा मात्र विमान उत्पादन गरेर सो सिरिजको उत्पादन नै बन्द गरि ७२–६०० सिरिजका विमानहरुको उत्पादन सुरु गरेको हो ।

नेपालमा ट्रंक रुटमा उडान भरिरहेका अन्य विमानहरु भन्दा यो नै पछिल्लो र कम उडान भरेको विमान हो । विमानहरुको आयु यसको साईकल र उडान घण्टामा आधारित हुन्छ । एटिआर बिमानको साइकल ७० हजार भन्दा बढी हुन्छ । एक उडानलाई एक साइकल गणना गरिन्छ ।

“नेपालीको महान पर्व वडादसैँको शुभ साईत पारेर हामीले उडान सुरु गरेका छौँ, यसले दसैँको बेला हुने उडान चापलाई कम गर्न र समयमै उडान भर्न सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ,”– प्रवक्ता बर्तौलाले भने । उत्कृष्ट इन्टेरियर, लग्जरी सिटको साथै वातानुकुलित उक्त विमानको यात्रा अझबढी आरामदायी हुने यती एअरलाइन्सले जनाएको छ ।

सो एअरलाईन्सले हाल नेपालको सुगम गन्तव्य काठमाडौँ चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज लगायत पर्वतीय उडानहरुमा आफ्नो सेवा दिंदै आएको छ भने अन्तरास्ट्रिय तर्फ चार्टर र नन सेड्युल उडान गर्दै आएको छ ।

You might also like

Comments are closed.