काठमाडौं । मकवानपुरको मनहरि गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले गरिब तथा अति विपन्न परिवारलाई चाडपर्व मनाउन सहज होस् भन्ने उद्देश्यले खाद्यान्न तथा नगद सहयोग गरेका छन् ।
उनले चार महिनाको तलब भत्ताबापत् प्राप्त गरेको रकम रु तीन लाख बराबरको खाद्यान्न सहयोग गरेका छन् ।मनहरि-२, ३, ५, ६ र ८ का विपन्न परिवारलाई फूलपाती र अष्टमीको दिन घरमै पुगेर सहयोग गरेको अध्यक्ष कालाखेतीले बताए ।
पाँच वर्षे कार्यकालमा तलब भत्ताबापत पाएको रकम विपन्न परिवारलाई सहयोग गर्न खर्चिने उनले प्रतिबद्धता व्यक्त गरे ।प्रत्येक परिवारलाई ३० किलो चामल, एक लिटर तेल र दालसहितको प्याकेट वितरण गरिएको छ ।

केही परिवारलाई अवस्था हेरेर नगदसमेत हस्तान्तरण गरिएको छ ।




Comments are closed.