नारायणी डेभलपमेन्ट बैंकको २२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं ।  नारायणी डेभलपमेन्ट बैंकले आजबाट २२ हजार ८१४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका नाममा रहेको उक्त सेयर बिक्री गर्ने भएको हो। बैंकले असोज २४ गते सोमबारबाट २२ हजार ८१४ कित्ता संस्थापक सेयर विक्रिमा ल्याएपनि सेयरको मूल्य भने सार्वजनिक गरेको छैन् । सो सेयर बिक्रीका लागि पहिलो प्रथामिकता संस्थापक सेयरधनीहरुलाई नै दिनुपर्ने व्यवस्था छ।

यस कम्पनीका इच्छुक संस्थापक सेयरधनीले अबको ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय रत्ननगर १, टाँडी, चितवनमा निवेदन दिनुपर्नेछ ।

footwear zone

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

You might also like

Comments are closed.