काठमाडौं । दुई दिनदेखि लगातार घटेको सुनको मूल्य बुधबार भने सामान्य बढेको छ । मंगलबार एकैदिन १२ सय रुपैयाँले घटेको छापावाल सुन बुधबार भने तोलामा २ सय रुपैयाँले बढेको छ ।
तोलामा २ सय रुपैयाँले बढेसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोलाको ९४ हजार २ रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको ९३ हजार ७ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदी तोलामा १५ रुपैयाँले पुन घटेको छ । तोलामा १५ रुपैयाँले घटेसँगै चाँदी आज तोलाको १२ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलाको १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।




Comments are closed.