काठमाडौं । साताको पाँचौं दिन बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९३ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य बिहीबार १० रुपैयाँले घटेको छ । आज चाँदी १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




Comments are closed.