बैंकिङ कसुर मुद्दामा २५ लाख रुपैयाँ जरिवाना ठहर भएका शर्मा पक्राउ

काठमाडौं ।  नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट रु २५ लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको टोलीले बैकिङ कसुर मुद्दामा फरार भारत हरियाना घर भई काठमाडौँ महानगरपालिका वडा नं १२ बस्ने ४४ वर्षीय शशी शर्मालाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट रु २५ लाख जरिवाना ठहर भएपछि फरार शर्मालाई बिहीबार चन्द्रागिरि नगरपालिका वडा नं १५ सतुङ्गलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका शर्मालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको सो कार्यालयले जनाएको छ ।

footwear zone

यसैगरी बैंकिङ कसुर मुद्दामा रु दुई लाख आठ हजार जरिवाना र एक दिन कैद सजाय भएका कास्कीको मादी गाउँपालिका– ७ घर भई काठमाडौंको थानकोट बस्दै आएका ५८ वर्षीय नारायण भण्डारीलाई समेत बिहीबार पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको गत असार २१ गतेको फैसलापछि फरार भण्डारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले बालाजु चोकबाट पक्राउ गरेको हो । पक्राउ परेका भण्डारीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.