सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीबार स्थिर रहेको छापावाल सुन शुक्रबार भने तोलामा १ सय रुपैयाँले घटेको छ ।

तोलामा १ सय रुपैयाँले घटेसँगै शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । बुधबार र बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोलाको ९३ हजार ६ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

त्यसैगरी, चाँदी भने लगातार घटिनै रहेको छ । बिहीबार तोलामा १० रुपैयाँले घटेको चाँदीको मूल्य शुक्रबार पनि पुनः ५ रुपैयाँले घटेको छ । तोलामा ५ रुपैयाँले घटेसँगै आज चाँदी ११ सय ८५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी ११ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.