बर्दियामा चार सय ९४ बिघा धानबालीमा क्षति

बर्दिया । राजापुर, गुलरिया, मधुवन, बारबर्दिया क्षेत्रमा काटेर खेतमै सुकाइएको धान नदीले बगाएको छ । बुधबारदेखि धानबाली क्षतिको लगत लिन थालेको एकीकृत कृषि तथा पशुपक्षी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले बताए ।

उनका अनुसार गुलरिया, मधुवन र बारबर्दियामा प्रारम्भिक लगतअनुसार चार सय ९४ बिघा धान बालीमा क्षति पुगेको छ। तीन सय नौ बिघामा लगाइएको धानबाली पूर्ण क्षति भएको छ भने, एक सय ८५ बिघामा लगाएको धानमा आंशिक क्षति पुगेको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको क्षतिको पूर्ण विवरण भने आइनसकेको उनले जानकारी दिए।

गत वर्ष धान काट्दै गर्दा बाढी आएर बगाएको थियो भने यस वर्ष पाकेको धानबाली ढालेको र हिलोले पुरेको कृषक गेरुवा वडा नं ३ कि भूमिसरा चलाउनेले बताए । धानको क्षति भएकाले यस वर्ष पनि विचल्लीमा परेको सुन्दरी थरुनीले गुनासो गरे।

footwear zone

गत वर्ष पनि धानको क्षतिको विवरण लिएर गए पनि धानको क्षतिपूर्ति नदिएको गुनासो गरे । कर्णाली नदीमा आएको बाढीले करिब एक हजार पाँच सय परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

You might also like

Comments are closed.