लघुवित्तबाट ऋण लिएर यसरी सफल भइन् कोपिला

काठमाडौं । व्यासको जन्मभूमी पर्यटक्रीय स्थल तनहुँको ब्यास नगरपालिका वडा नं ११ स्थित रातामाता टोलमा चिटिक्क परेको बार्दली सहितको एउटा घर र घर अगाडि बगुंर फारम छ । यो घर अरु कसैको नभई कोपिला परियारको हो । उनी अहिले आफू परिवार सहित व्यावसायिक रुपमा बँगुरपालन व्यवसाय संचालन गरेर बसेकी छन् र मासिक रुपमा मनग्य आम्दानी पनि गर्छिन् । तर बिगतका कष्टकर जीवन यापन गरेका दिन सम्झेर उनि आफनो मनलाई चिसो पार्दै भन्छिन्, “मलाई हिजोको कष्टपुर्ण अबस्थाबाट आज यो अबस्थामा आउनमा ग्लोबल आईएमई लघुवित्त र यसमा कार्यरत कर्मचारीको ठूलो हात रहेको छ ।”

२०४७ साल मंसिर को २१ गते तार्कुघाट ४ लमजुङमा पिता विर बहादुर दमाई र आमा मनमाया दमाईको कोखबाट उनको जन्म भएको हो । माईतमा उनी जेठी सन्तान र पारिवारिक समस्या र घर परिवारको आम्दानी स्तर कमजोर भएको कारण उनको पढ्ने इच्छा चाहना हुदाहुदै पनि कक्षा ८ सम्म मात्र औपचारिक शिक्षा अध्ययन गरी यतिमा नै सिमित रहेको बताउंछिन् ।

२०६६ सालमा बिबाह बन्धनमा बाँधिएकी कोपिला परियारको आर्थिक अबस्था एकदमै कमजोर थियो । १९ वर्षको उमेरमा बिबाह भएको र घरमा आम्दानीको बैकल्पिक स्रोत केही नभएकोले सुरुका केही समय त दुःख कष्टमानै बित्यो । दैनिक जिवन यापनका लागि जसो तसो गुजरा त चल्दै गयो तर केही समय पछि गएर उनलाई भविश्यको चिन्ताले सताउन थाल्यो । दैनिकी गुर्जान पनि कठिन हुनथाले पछि भबिष्यलाई उज्यालो बनाउन यसै हातबाधेर त हुदैन भनेर उनको परिवारमा छलफल चल्यो ।

footwear zone

हातमा सीप अनि शिक्षा नभएकाले सजिलै काम पाउने कुरै थिएन । सासु ससुराको मृत्यु पश्चात् सानै उमेरका नन्द र देवरलाई हुर्काउने पढाउने जिम्मेबारी उनकै काँधमा थियो । खुसी र दैनिकी टार्न बिदेश गएका उनको श्रीमान् साचे जस्तो नभए पछि केही समयमा नै घर फर्किए । नेपालमा नै बसेर केही गर्छु भन्ने सोच अनुसार घर वरिपरि छर छिमेक साथीभाइ र आफन्तबाट सहयोग माग्दा नपाएको कुरा उनी भावुक हँदै सम्झनुहुन्छ । धनसम्पति बिना यो संसारमा बाँच्न कति गाह्रो छ । पैसा नहँुदा नातागोता ,साथीसंगी कोही काम नलाग्ने रहेछ । मनमा चिन्तासंगै केही गरौं भन्ने इच्छा भने उनको मनमा रहिरह्यो ।

“चोखो मनले चिताएको कुरा भगबानले पुर्याउछन् ” भनेभैंm भयो कोपिलाको जिवनमा । २०७६ साल पौष महिनाको एक दिन छिमेकी दिदीले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको बारेमा सुनाइन् । व्यवसाय गर्न कर्जा पाउने र किस्ता किस्तामा तिर्न मिल्ने कुरा सुनेपछि कोपिला निकै खुशी भइन् र नजिकैका दिदीबहिनी मिलेर संस्थाको सदस्य हुने निर्णय गरिन् । केही दिनको समुहपूर्व तालिम पश्चात सदस्यता लिएर पहिलो पटक बिना धितो ७० हजार रुपैयाँ कर्जा लिएर कुखुरा पालन व्यवसाय सुरु गरिन् भने श्रीमान् पनि डकर्मी तथा सिर्कमी पेशामा आवद्ध भए । साथै, उनले आवश्यकता अनुसार लघुउद्यम कर्जा ५ लाख रुपैयाँ लिएर करिव ३६ वटा बगुंर अट्ने खोर बनाई ९ वटा बगुंर लिइन् र व्यसायलाई ठूलो बनाउदै गइन् भने हाल लघुउद्यम कर्जा अन्र्तगत १ लाख रुपैयाँ कर्जा लिएर ३३ वटा बगुंर मध्ये ५ वटा माउ बगुंर बनाई मासिक रुपमा ५ देखि ७ वटा सम्म बच्चा उत्पादन गरी बेच्न थालिन् र श्रीमान्लाई पनि सोही व्यवसायमा लगाइन् । हाल उनको घर नजिकै २ रोपनी जग्गामा कम्तीमा १६ लाख रुपैयाँ लगानीमा साना ठूला गरी २५ बटा बंगुर छन् । बिगत ४ बर्ष देखि पटक पटक गरी कर्जा लिएर ब्यवसायामा कर्जाको सदुपयोग गरी अहिले यो अबस्थासम्म ल्याउन सफल भएकी छिन् ।

“मेरो परिश्रम देखेर मलाई आवस्यक परेको बखत कर्जा दिएर ग्लोबल आइएमईले यो ब्यवसायको मालिक बनाउन ठूलो सहयोग गरेको छ । छोरा छारीलाई समेत एउटा बोर्डिङ स्कुलमा पढाउन पाएको छु । यस वित्तीय संस्थाले लगाएको गुन म कहिल्यै बिर्सने छैन ।” भावुक हुदै भन्छिन् । साथै उनी थप्छिन् “ आफु मात्र उद्यमी नभई आफ्नो श्रीमान् समेत यहीव्यवसायमा लागेर अहिले मुहारमा खुशीको हांसो संगै हामीलाई ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले बिपन्न बाट सम्पन्न बनाउन ठुलो सहयोग गरेको छ । मेरो यो सफलतातामा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले ठूलो सहयोग गरेकोले म हृदयदेखिनै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र त्यसमा कार्यरत कर्मचारीहरुलाई धन्यवाद दिन चाहन्छु ।”

 

You might also like

Comments are closed.