बिशाल सहकारीको २३औं साधारण सभा सम्पन्न

पोखरा । पोखरा ४ महेन्द्रपुलमा रहेको बिशाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औं साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभामा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारी भनेको सहकार्य रहेको बताउदै सहकारीको मेरूदण्ड सेयर सदस्य रहेको बताए ।

तिवारीले सहकारी अभियानमा बिशाल सहकारीले साथ दिँदै आएकोमा धन्यवाद समेत दिएका थिए । कार्यक्रममा सहकारीका वरिष्ठ सल्लाहकार तथा गरिमा बैंकका सिईओ गोविन्दप्रसाद ढकालले विश्व अर्थतन्त्रमा देखिएको ब्याज वृद्धिको असर नेपालमा पनि पर्ने बताउदै यसतर्फ सबैको ध्यान जान जरूरी रहेको बताए ।

footwear zone

त्यस्तै, पोखरा महानगरपालिका सहकारी समितिका सदस्य तथा जिल्ला सहकारीका राष्टि«य प्रतिनिधि दिपकप्रसाद आचार्यले सहकारीका सदस्यहरूले सहकारीका कमीकमजोरीहरू औंल्याउनुपर्ने बताउदै त्यसले सहकारीलाई सही बाटोमा डो¥याउने बताए ।

कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एसोसियसनका अध्यक्ष केशवबहादुर खत्रीले बुद्ध विशाल बजारभित्र रहेको बिशाल सहकारीले बजारभित्र सामाजिक उतरदायित्वका कामहरू गरिरहेकोमा प्रसंशा गर्दै सहकारीसँग सहकार्य गरेर एसोसियसन अगाडि बढ्ने बताए ।

कार्यक्रममा राष्टिय सहकारी बैंकका प्रबन्धक नरेश पाण्डे, कास्की बचतका कोषाध्यक्ष शेरबहादुर कार्की, नेफ्स्कूनका शाखा प्रमुख यमकला पौडेल, ईन्जिनियर आनन्द सापकोटालगायतले बोलेका थिए ।

सहकारीका उपाध्यक्ष शिव शर्माले स्वागत मन्तव्य राखेको कार्यक्रममा सहकारीका शिक्षा उपसमितिका संयोजक प्रदिपकुमार मुल्मीले सहकारीका सात सिद्दान्त पढेर सुनाएका थिए । कार्यक्रममा सहकारीका कर्मचारीहरू मध्य सन्दिप बराललाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो ।

त्यसैगरी सहकारीमा उत्कृष्ट कारोबार गर्ने सेयर सदस्य, उत्कृष्ट बचतकर्ता, सेयर सदस्यका छोराछोरीहरु मध्य प्लस टु मा, स्नातक, स्नातकोत्तर उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष भुवन नेम्कुलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहकारीका सचिव तारादेवी पराजुली सिग्देलले गरेकी थिइन् ।

You might also like

Comments are closed.