काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार तोलमा १ सय रुपैयाँले घटेको छापावाल सुन आइतबार पुनः तोलामा १ हजार रुपैयाँले घटेको हो ।
तोलामा १ हजार रुपैयाँले घटेसँगै आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आइतबार तेजाबी सुन प्रतितोलाको ९२ हजार ६ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार चाँदी तोलामा २५ रुपैयाँले घटेको छ । तोलामा २५ रुपैयाँले घटेसँगै आज चाँदी ११ सय ६० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । शुत्रबार चाँदी ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।




Comments are closed.