कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामै परीक्षा

जुम्ला । लगातारको वर्षाले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामै परीक्षा सञ्चालन गरिएको छ। जुम्ला घर भई विभिन्न जिल्लामा परीक्षा केन्द्र भएका विद्यार्थीले परीक्षा दिन जान नसकेपछि कक्षा १२ का लागि जिल्लामै परीक्षा केन्द्र कायम गरिएको हो ।

गत असोज १९ गतेदेखिको अविरल वर्षाका कारण गएको पहिरोले कर्णाली राजमार्ग बन्द भएको र जहाज पर्याप्त नआएपछि कक्षा १२ का २७ जना परीक्षार्थीहरूका लागि जुम्लामा परीक्षा केन्द्र तोक्न परीक्षा नियन्त्रण कार्यालयको स्वीकृति दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालका अनुसार परीक्षाको समयमा राजमार्ग पहिरोले अवरुद्ध भएको र हवाई जहाज अनियमित भएपछि विद्यार्थीको भविष्य अन्योलमा नहोस् भन्दै प्रशासनले विकल्पका लागि परीक्षा नियन्त्रण कार्यालय राष्ट्रिय परीक्षा बोर्डलाई विकल्पका लागि अनुरोध गरिएको थियो । सोहीअनुसार विपद्को समयमा परीक्षा नियन्त्रण कार्यालयले जुम्लामा स्वीकृति दिएको थियो ।

footwear zone

उनका अनुसार चन्दननाथ उच्च माध्यामिक विद्यालयमा ती विद्याथीको परीक्षा हुनेछ । परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अर्जुन रायमाझीका अनुसार कठिन परिस्थितिमा विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै स्थानीय प्रशासनको अनुरोधमा जुम्लामा परीक्षा सञ्चालन गर्न अनुमति दिइएको पत्रसमेत पठाइएको छ।

You might also like

Comments are closed.