कुमाले पेसा जोगाउने ‘दीपा’को प्रयास

तुलसीपुर । कुमाल समुदायका युवा पुस्ताले परम्परागत माटाका भाडा बनाउन छोडे भन्ने गुनासो आइरहँदा दाङ तुलसीपुर उपमहानगरपालिका-७ का युवा भने माटोका भाडा बनाउनतर्फ सक्रिय हुन थालेका छन् ।

स्थानीय दीपा कुमालले माटाका भाडा बनाउने तालिम लिएपछि अहिले माटाका भाडा बनाउन थालेकी छन् । “यो पेसा हाम्रो पुर्खाले गर्दै आएको पेसा हो, यसमा हाम्रो पहिचान पनि जोडिएको छ”, उनले भनिन्,“त्यसैले हामीले यो पेसालाई जोगाउनुपर्छ ।” विविएस दोस्रो वर्ष पढ्दै गरेकी उनले आफू माटाका भाडा बनाएरै जीवन पाल्न सक्ने बताइन् । उनले पुर्खाले गर्दै आएको पेसालाई जोगाउन युवा सक्रिय हुनुपर्ने बताइन् । पेसा जोगाउन सबै युवा सक्रिय हुनुपर्ने उनी बताउछन् । “हामीले नगरे यो पेसा लोप हुन्छ”, उनले भनिन्, “त्यसैले यो पेसालाई जोगाउन सबै एकजुट हुनुपर्छ ।”

त्यहाँ कुमाल अगुवा पनि यो पेसा जोगाउन चिन्तित देखिन्छन् । ६०/७० घर रहेको कुमाल समुदायमध्ये अहिले १०/११ जनाले मात्रै माटाका भाडा बनाएर बेच्ने गर्छन् । त्यसैले यो पेसा लोप हुने खतरालाई कम गर्नका लागि युवा पुस्तालाई तालिम दिन थालिएको अगुवा प्रेम कुमालले बताए । “युवाले यो पेसामा चासो नदेखाएपछि हामीले तालिम दिने तयारी पनि गरेका छौँ”, उनले भने, “तालिम दिएर उनीहरुलाई व्यावसायिकरुपमा अगाडि बढाउने हाम्रो लक्ष्य छ ।”

footwear zone

अहिले माटाका भाडाको माग पनि बढी छ तर, जनशक्ति नहुँदा भने जति उत्पादन गर्न नसकिएको समेत उनको भनाई छ । बजारमा मट्का चिया पसल पनि धेरै खुलेकाले मट्का चियाका लागि कपको माग अत्यधिक हुने गरेको छ । पछिल्लो मागअनुसार प्लेट, कप पुर्‍याउनै गाह्रो हुने गरेको छ । नयाँ पुस्ता पनि माटोका भाडा बनाउनेतर्फ चासो दिनुपर्ने कविराम कुमालले बताए । “माग धेरै छ, हामी पहिलेदेखि गर्दै आएका बूढापाखाले यो पेसा अङ्गालिरहेका छौँ, नयाँ पुस्ताले त्यति धेरै चासो नदिएकाले पनि यो पेसा संकट पर्ने हो की भन्ने चिन्ता छ”, उनले भने, “तर, केही नयाँ पुस्ताले भने चासो दिइरहेका छन् ।”

नयाँ युवायुवतीलाई सिकाएर घोराही, तुलसीपुरमा माटाका भाडा निर्माण गर्ने स्थान र छुट्टै पसल स्थापना गर्नेसमेत तयारी गरेको उनको भनाइ छ । अहिले दैनिक एक जनाले करिब एकसय कप निर्माण गर्दै आएका छन् ।

You might also like

Comments are closed.