जोशीको निधनमा सरकारले दियो भोलि देशभर सार्वजनिक बिदा

काठमाडौं ।  सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणी पोखरेलले सोमबार एक सूचना जारी गर्दै मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएका छन् ।

प्रवक्ता पोखरेलले जारी गरेको सूचनामा भनिएको छ, ‘संस्कृतीविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा मिति २०७९ साल कार्तिक १ गते मङ्गलवार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ’ ।

footwear zone

You might also like

Comments are closed.