काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले बधाई तथा सम्मान प्रदान गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघसंग आवद्ध वस्तुगत संघ, जिल्ला, नगर उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य संघ काठमाडौं संग आवद्ध संघहरुको नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यलाई सम्मान तथा बधाइ प्रदान गरेको छ । काठमाडौंको कान्तिपथमा रहेको होटल एल्लो प्यागोडामा एक कार्यक्रम गरि उनिहरुलाई सम्मान तथा बधाई ज्ञापन गरिएको हो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष तथा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सम्मानित संघहरूलाई बधाई पत्र प्रदान गरेका थिए । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य तथा संघका उपाध्यक्ष हेमराज ढकाल , केन्द्रीय सदस्य भक्त बहादुर हमाल , महासंघसंग आवद्ध १९ वटा संघहरु तथा जिल्लासंग आवद्ध १२ वटा संघलाई बधाई तथा सम्मान पत्र द्वारा शुभकामना प्रदान गर्दै सम्मान गरिएको थियो ।






Comments are closed.