प्राइम लाइफ इन्स्योरेन्सको बीमालेख धितो कर्जाको व्याजदर १२ प्रतिशत पुग्यो

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले बीमालेख धितोमा लगानी गर्ने कर्जाको व्याजदर बढाएको छ। कम्पनीले बीमालेख धितोमा लगानी गर्ने कर्जाको व्याजदर १२ प्रतिशत पुर्याएको हो ।

कम्पनीबाट विभिन्न मितिमा बीमा गराई बीमालेख धितो कर्जा लिएका बीमित तथा प्रस्तावकहरुको कर्जामा लिइदै आएको व्याजदरलाई परिमार्जन गरेको छ।

यसअघि कम्पनीले बीमालेख धितोमा १० प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्दै आएको थियो । त्यसलाई परिमार्जन गर्दै कम्पनीले १२ प्रतिशत पुर्याएको हो । नयाँ व्याजदर कार्तिक १ गतेदेखि लागू भएको कम्पनीले जनाएको छ ।

footwear zone

You might also like

Comments are closed.