पोखरामा ‘दिगो सडक र सुरक्षित यातायात’ विषयमा बृहत अन्तरक्रिया हुने

पोखरा । गण्डकी प्रदेशको सडक सुरक्षा र व्यवस्थित यातायातका लागि ‘दिगो सडक र सुरक्षित यातायात’ विषयमा बृहत अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

पोखरा उद्योग वाणिज्य संघ र आर्थिक आवाजको आयोजना तथा नासा फाउण्डेशन, अटो पत्रकार संघ र बाबा फाउण्डेशनको सहकार्यमा उक्त कार्यक्रम हुने भएको हो ।

पोखरा ४ गैह्रापाटनमा पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा कार्तिक ४ गते शुक्रबार दिउसो २ बजे कार्यक्रम हुनेछ ।पोखरा महानगरपालिकाका प्रमूख धनराज आचार्यको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा विज्ञहरुद्वाराकार्यपत्र प्रस्तुत गरिने छ ।

footwear zone

नेपालमा विगत १४ बर्षदेखि कार्यरत नेपाल अटोमोबाइल्स एसोसिएसन नासा नेपाल विश्वकै अग्रणी अटोमोबाइल, मोटरिङ र रोड सेप्टी अर्गनाइजेसनहरुको नेपाल च्याप्टर पनि हो भने नासा फाउण्डेसन इन्टरनेशनल रोड फेडरेसन जेनेभाको नेपाल च्याप्टर समेत हो ।

यस संस्थाले सन २०१० बाट नेपालको सडक सुरक्षा क्षेत्रको नीतिगत र कार्यक्रमिक नेतृत्व गरिरहेको फाउन्डेसनसँगको सहकार्यमा बृहत अन्तरक्रिया कार्यक्रम हुन गइरहेको हो ।

You might also like

Comments are closed.