सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । मंगलबार तोलामा १ सयले बढेको छापावाल सुन बुधबार तोलामा २ सय रुपैयाँयाले घटेको छ ।

तोलामा २ सय रुपैयाँले घटेसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोलाको ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार७ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय सय रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

त्यसैगरी, मंगलबार तोलामा २० रुपैयाँले बढेको चाँदी बुधबार भने तोलामा ५ रुपैयाँले घटेको छ । तोलामा ५ रुपैयाँले घटेसँगै आज चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.