७७ जिल्लाका सबै सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड देशको सातै प्रदेशको ७७ वटै जिल्ला सदरमुकाममा पुगेको छ । सर्लाहीको मलंगवा न.पा.वडा न.९ मा शाखा कार्यालय विस्तार गरी सोमबार कारोबार शुभारम्भ भएपछी ७७ जिल्लाका सबै सदरमुकाममा बैंकको सेवा पुगेको हो ।

वाणिज्य बैंकहरु मध्ये सात प्रदेशको ७७ जिल्लामा पुगि राष्ट्रिय वाणिज्य बैंकले यस अघि नै पहिलो बैंकको रुपमा बैंकिङ पहुँच पुर्‍याई रहेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको आ.व.२०७८/७९ को चौथो त्रैमाससम्ममा बैंकले रु. ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

२०७९ असार मसान्तमा बैंकको ग्राहक निक्षेप रु.२ खर्ब ५९ अर्ब र खुद कर्जा तथा सापट रु. २ खर्ब २९ अर्ब पुगेको छ । आ.व. २०७८÷७९ मा बैैंंकको सेयरधनी कोष रु. ३३ अर्ब ४८ करोड र कुल सम्पत्ति रु. ३ खर्ब २९ अर्ब पुगेको छ ।

footwear zone

बैंकको सफलताको लागि उल्लेखनीय योगदान पुर्‍याउने सम्पूर्ण निक्षेपकर्ता, कर्जा ग्राहक, सेयरधनी, नेपाल सरकार, कार्यरत कर्मचारीलगायत समग्र सरोकारवालाहरु प्रति बैंकले धन्यवाद दिँदै भविष्यमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ सेवा रहेको छ ।

You might also like

Comments are closed.