काठमाडौं । एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको आज बसेको ५७१औं बैंठकले आजैदेखि लागू हुने गरी लम्साललाई नियुक्त गरेको हो ।
लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । अर्थशास्त्र एवं विजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर अध्ययन गरेका लम्साल राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागहरुको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश भएका थिए ।
लम्सालसँग राष्ट्रिय वाणिज्य बैंकमा काम गरेको ३० वर्षे लामो अनुभव छ । बैंकको सेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त भएको अवसरमा लम्साललाई बैंकले सफल कार्यकालको कामना गरेको छ ।




Comments are closed.