सेयर बजार घट्ने क्रम जारी : नेप्सेमा सामान्य गिरावट, ५० करोड ७६ लाखको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज पनि सेयर बजार परिसूचक (नेप्से) सामान्य घटेको छ। आज नेप्से एक दशमलव ३८ अंकले घटेर एक हजार आठ सय ४४ दशमलव १४ विन्दुमा झरेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। दुई सय २१ वटा कम्पनीको १५ लाख ४६ हजार कित्ता सेयर किनबेच हुँदा ५० करोड ७६ लाखको कारोबार भएको छन्।

आज सबैभन्दा धेरै अभियान लघुवित्तको तीन करोड ६९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। आज व्यापार, विकास बैंक र लगानीबाहेक अरू समूहको सेयर सामान्य घटेको छ।

footwear zone

आज बैंकिङ समूहको उपसूचक ० दशमलव ०१ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक ० दशमलव २४ प्रतिशतले, हाइड्रोपावर ० दशमलव ५३ प्रतिशतले, फाइनान्स ० दशमलव २१ प्रतिशतले घटेका छन् ।

You might also like

Comments are closed.